युवा गीतकार अनिल खनालको तिज गित बजारमा

2021-07-30

काठमाडौँ - पछिल्लो समय स्रोता दर्शक माझ लोकप्रिय युवा गीतकार अनिल खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ बजारमा आएको छ। मञ्जरी क्रियशन यूट्युब च्यानल मार्फत बजारमा आएको यो गितलाई पछिल्लो समयमा लाइभ दोहोरीबाट चर्चामा आयकी गायिका आशा बिसी ले आवाज भरेकी छन् ।

शब्द शब्दमा खेल्न निकै सिपालु गीतकार खनालले यो गीतमा नेपाली लोक जीवनको परिवेशलाई दर्शाएका छन् !

तिजको पूर्व सन्ध्यामा बजारमा आएको यस गीतमा विवाह गरेर घरमा गएकी चेली बर्षाको समयमा माइत आउन नसकेको र अर्को तीजमा अवश्य आउने आमासँग बाचा गरेकी छन्।

“घिन्ताङ घिन्ताङ मादल बज्यो सारङ्गी झैँ मन रेटी नाँचे बरिलै । ए आमा… यो तीजमा माइत आउन पाइन । अर्को साल आउँला नि बाँचे बरिलै'' । जस्ता ग्रामीण जीवनको मर्मपरक शब्दले गित भरिएको छ !

गीतका एरेन्जर चुमान काउछाले निर्देशन गरेको म्युजिक भिडियोमा आशा बिसी र केशव पाण्डेको अभिनय रहेको छ । मञ्जरी क्रियशन यूट्युब च्यानल मार्फत बिहीवारबाट बजारमा आएको यो गितको भिडियो सम्पादन नारायण मगरले गरेका हुन्।

अनिल खनालको शब्द रचनामा सय भन्दा बढी गीत नेपाली गीत संगीत बजारमा छन !




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ