५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई आज खोप दिइंदै(खोप केन्द्र सहित)

2021-07-29

काठमाडौं - आज (बिहीबार)देखि काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडाैं, भक्तपुर तथा ललितपुर) मा पहिलो मात्राको चिनियाँ खोप भेरोसेल अभियान सुरु हुँदै छ।

५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो। खाेपकेन्द्रकाे व्यवस्था भने स्थानीय तहले गर्ने जनाइएकाे छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन्।

यस्तै, अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ।

जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु छन् ।

यस्तै, फरक क्षमताका व्यक्तिहरुले पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ