निर्वाचन आयोगले 'हेड काउन्ट' गर्ने भएपछी जसपाको महन्थ-राजेन्द्र पक्ष संकटमा

2021-07-23

काठमाडौं - निर्वाचन आयोगले 'हेड काउन्ट' गर्ने भएपछी जसपाको महन्थ-राजेन्द्र पक्ष संकटमा पर्ने देखिएको छ। आयोगले जनता समाजवादी पार्टी (जसपा) को पार्टी आधिकारिकता विषयमा फैसला गर्नुअघि ११ साउन ११ बजे यादव पक्ष र महन्थ ठाकुर पक्षका सबै कार्यकारीलाई नागरिकतासहित सशरिर उपस्थित हुन निर्देशन दिएको छ। कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको बहुमत छ।

जसपा विधानले कार्यकारिणी समितिलाई सर्वाधिकार बनाएको छ। ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये रेशम चौधरी जेलमा छन्। बाँकीमध्ये यादव पक्षमा ३२ जना कार्यकरिणी सदस्य छन्। यादव पक्षमा कार्यकारिणी समितिका ६४ प्रतिशत सदस्य रहेकाले ठाकुर पक्षले आधिकारिकता नपाउने संभावना बढेको हो।

निर्वाचन आयोगले गत २२ असारमा पार्टीमा सहमति गर्न दुवै पक्षलाई निर्वाचन आयोग बोलाएका थियो। जसपामा एक भएर बस्न नसक्ने भन्दै यादव र ठाकुर दुवैले पार्टी आधिकारिकता टुंगो लगाउन आयोगलाई पत्र बुझाएका थिए। दुवै पक्षको निवेदनपछि आयोगले गत ३ साउनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित पाँच सदस्यीय इजलास गठन गरेको थियो।

यादव पक्षका कार्यकारिणी सदस्य
बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, रकम चेम्जोङ, हेमराज राई, रेणु यादव, हिसिला यमी, युवराज कार्की, नवराज सुवेदी, पर्शुराम खापुङ, गंगा श्रेष्ठ, रामसहाय प्रसाद यादव, रणध्वज कन्दङवा, मोहम्मद इस्तियाक राई, डम्बर खतिवडा, दुर्गा स्वभ, परशुराम बस्नेत, प्रकाश अधिकारी, प्रशान्त सिंह, भक्तबहादुर शाह, शुसिला श्रेष्ठ, रामनरेश यादव, मृगेन्द्र सिंह यादव, गजाधर यादव, नवलकिशोर साह, रमेश यादव, लालबाबु राउत, विजय यादव छन्। यस्तै अमृता अग्रहरी र गोविन्द चौधरी पनि थपिएका छन्।

ठाकुर पक्षका कार्यकारिणी सदस्य
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, केशव झा, जितेन्द्र सोनल, निर्जला राउत, मनिष सुमन, चन्दा चौधरी, वृषेशचन्द्र लाल, उमाकान्त झा, राजकुमार लेखी, सुनिल रोहित, दानबहादुर विश्वकर्मा।

जसपा ३४ सांसदमध्ये हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन्। त्यसबाहेक अहिले ३२ सांसदमध्ये १० जना मात्र ठाकुर पक्षमा छन्। यादव पक्षमा २२ सांसद पुगेको अधिकारीले दाबी गरे।

पार्टी आधिकारिकता आफूहरुले पाउने भए त्यो संख्या पनि बढ्न सक्ने यादव पक्षको दाबी छ।

यसअघि यादव पक्षले ठाकुरसहित १३ जनासँग स्पस्टीकरण सोधिएको थियो। ११ जनालाई केपी ओली सरकारमा गएको र ठाकुर तथा सवेन्द्रनाथ शुक्लाले उनीहरुलाई सरकारमा पठाउन भूमिका खेलेको भन्दै स्पष्टीकरण सोधिएको थियो। यसरी नै ठाकुर पक्षले चरण चरणमा स्पष्टीकरण सोधेर उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरेको थियो।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ