भीम रावलले 'राजीनामा' फिर्ता लिने

2021-07-23

काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिने भनेर संसद सचिवालयमा बुझाएको पत्र फिर्ता लिने भएका छन्।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसँग भएको भेटवार्तापछि रावल संसद सचिवालयमा बुझाएको राजीनामा पत्र फिर्ता लिन राजी भएका हुन्।

रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामाको घोषणा गरेका थिए।

बुधबार बेलुकी वरिष्ठ नेता नेपालसँगको भेटपछि उनले एकताका लागि फेरि प्रयत्न गर्ने र राजीनामाबारे पनि फेरि सोच्ने बताएका थिए। एकताको पहलका लागि भनेर रावल राति नै सक्रिय भएका थिए।

यसबीचमा ओलीसँग पनि भेटवार्ता भएपछि रावल राजीनामा पत्र फिर्ता लिन राजी भएका हुन्।

सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेकाअनुसार नेता रावलको राजिनामा पत्र अघि बढाइएको छैन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ