कक्षा १२ को परीक्षा साउनको अन्तिम साताबाट गर्ने तयारी

2021-07-20

काठमाडौं - कोरोना भाइरस संक्रमण (कोभिड-१९) कारण स्थगित कक्षा १२ को अन्तिम परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ। विद्यार्थीको भौतिक उपस्थितिमै विगतमा जस्तै एक सय पूर्णांकको लिखित परीक्षा लिइने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएकाले साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बोर्डको भनाइ छ।

यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न (सीसीएमसी)सँग अनुमति मागेको थियो। अब छिट्टै बोर्डको बैठक बसेर परीक्षा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ।

यसैबीच बोर्डले यसपटक एक सय पूर्णांककै परीक्षा सञ्चालन गर्ने भएको छ। गत वर्ष कोरोना भाइरसका कारण कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीको जम्मा ४० पूर्णांकको परीक्षा लिइएको थियो । बोर्डको यस खालको तयारीपछि अब कक्षा १२ का विद्यार्थीले तीन घण्टाकै परीक्षा दिनुपर्नेछ।

कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षामा प्रवेश गर्ने र विदेशी विश्वविद्यालयमा अध्ययनका लागि समेत जाने हुँदा गुणस्तरमा कमी गर्न नहुने भएकाले लिखित परीक्षा नै लिने निचोडमा बोर्ड पुगेको हो।

कोरोना संक्रमण कायमै रहेको अवस्थामा विद्यार्थीलाई सामाजिक दूरी कायम गराउने तथा स्वास्थ्य मापदण्डको समेत पालना गरेर परीक्षा लिने योजना रहेको छ। विद्यार्थीको अर्को विद्यालयमा परीक्षा लिन जान अझै सम्भव नदेखिएकाले होम सेन्टर हुन सक्ने सम्भावना रहेको छ ।

कोरोना सङ्क्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम वार्षिक परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो।




थप समाचार


भीम रावलले लिए राजीनामा फिर्ता

भीम रावलले लिए राजीनामा फिर्ता

काठमाडौँ - एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा ...

सरकार सञ्चालनमा सहजीकरण गर्न गठवन्धनद्वारा सात सदस्यीय कार्यदल गठन

सरकार सञ्चालनमा सहजीकरण गर्न गठवन्धनद्वारा सात सदस्यीय कार्यदल गठन

काठमाडौं - सत्ता सहयात्री दलहरुले सात सदस्यीय कार्यदल गठन गरेका छन्। कार्यदलले सरकार सञ्चालनमा सहजीकरण गर्ने बताइएको छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित कार्यदलमा माओवादी ...

निषेधाज्ञा हटेसँगै लापरवाहीका कारण बढ्यो कोरोना सङ्क्रमण दर !

निषेधाज्ञा हटेसँगै लापरवाहीका कारण बढ्यो कोरोना सङ्क्रमण दर !

काठमाडौँ - निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ...




ट्रेन्डिङ