देउवा श्रीमान ५ बाट नियुक्त प्रधानमन्त्री : प्रदिप ज्ञवाली

2021-07-18

काठमाडौं - नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतका ५ जना न्यायाधीशबाट नियुक्ति पाएको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता ज्ञवालीले २०६१ सालमा 'श्री ५' तत्कालीन राजाबाट प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिले 'श्रीमान ५' बाट नियुक्ति पाएको टिप्पणी गरे।

'२०६१ जेठमा देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। त्यतिबेला उहाँले श्री ५ बाट न्याय पाएँ भन्नुभएको थियो। तर त्यो न्याय माघ १९ मा कहाँ गयो,' ज्ञवालीले भने, 'अहिले सर्वोच्च अदालतका ५ जना श्रीमान्‌ (न्यायाधीश)बाट प्रधानमन्त्री नियुक्त हुनुभएको छ। उतिबेला श्री ५ बाट प्रधानमन्त्री नियुक्त हुनभएको थियो। अहिले श्रीमान् ५ बाट!'




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ