आजै देउवाको नेतृत्वमा सरकार, सानो मन्त्रिपरिषद् बनाउने तयारी

2021-07-13

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिलाई परमादेश जारी गरेसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको छ। देउवालाई प्रधानमन्त्री नियुक्त सर्वोच्चले दिएको समय आज साँझ पाँच बजे सकिँदैछ।

सोमबार सर्वोच्चको फैसलापछि बसेको ५ दलीय गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो। गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने र प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गरेको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए।

मन्त्रालय बाँडफाँटको विषयमा भने थप छलफल हुने नेताहरुको भनाइ छ। मन्त्रिमण्डल गठन र मन्त्रालयको बाँडफाँटको विषयमा निर्णय गर्न आज गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने जनाइएको छ।

गठबन्धनबाट नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष भने बाहिरिएको छ।

सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला सुनाएपछि ‘परिस्थिति फेरिएको’ भन्दै नेपाल पक्ष विपक्षी गठबन्धनबाट बाहिरिएको हो।

सोमबार बसेको गठबन्धनको बैठकमा नेता नेपालले परिस्थिति फेरिएका कारण गठबन्धनमा बस्ने अवस्था नरहेको जानकारी गराएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ