फैसलाले संविधान, संसद् र लोकतन्त्र जोगायो : माधव नेपाल

2021-07-12

काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले दोस्रोपटक गरेको फैसलाले नेपालको संविधान, संसद् र लोकतन्त्र जोगाएको प्रतिक्रिया दिएका छन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसला सार्वजनिक भएसँगै उनले त्यस्तो बताएका हुन्।

‘सर्वोच्चले दोस्रोपटक गरेको यो फैसलाले नेपालको संविधान, संसद् र लोकतन्त्र जोगाएको छ। यसले आम नेपालीले गरेको अपेक्षा अनुसार अदालतले आफ्नो गरिमालाई उँचो बनाएको छ’, नेपालको भनाइ छ।

नेता नेपालले आफूले फैसला पूरै हेर्न बाँकी रहेको बताए। ‘तर, सर्वोच्चले संविधानवाद र संवैधानिक सर्वोच्चताको उच्चतम् व्याख्या गरेको अनुभूति भएको छ’, उनले भने।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दै नेकपा एमालेका नेपाल पक्षका २६ जना सांसद्ले हस्ताक्षर गरेका थिए। सर्वोच्चमा रिट दायर गर्दा सो पक्षका २३ जना सांसद् थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ