2021-07-12 |
काठमाडौं - पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो-२०२० फुटबलको सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन्। आइतबार सम्पन्न युरोकपमा सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट जितेका हुन्।
प्रिक्वार्टरफाइनलमा बेल्जियमसँग १–० ले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो। ४ वटा मात्रै खेल खेलेका रोनाल्डोले ५ गोल र १ असिस्ट गरेका थिए। चार संस्करणको युरोकप खेलेका रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन्। रोनाल्डोले हंगेरीविरुद्ध २, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध २ गोल गरेका थिए। रोनाल्डोले अन्तर्राष्ट्रिय प्रतियोगितामा अली देइको १०९ गोलको रेकर्डसँग पनि बराबरी गरेका छन्।
युरोकपको उपाधि भने इटालीले जितेको छ। फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक उपाधि जितेको हो।
काठमाडौं - सन्दीप लामिछाने र करण केसीको सानदार बलिङमा नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानविरुद्ध ७ विकेटको जित निकालेको छ। ओमानले दिएको ...
एजेन्सी - इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउंदै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ...
काठमाडाैं - कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले पराजित गर्दै उपाधि हात पारेको हो। अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात ...