प्रधानमन्त्रीद्वारा वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्‍घाटन

2021-07-11

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका छन्। आइतबार (आज) बिहान एक समारोहबीच प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गरी नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका हुन्।

वीर अस्पताल हाल कोभिड-१० युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालित छ। अस्पतालका प्रमुख डा. जागेश्वर गाैतमले कोभिड-१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले २०७४ फागुन २५ गते भवनको शिलान्यास गरेका गरेका थिए। नवनिर्मित भवनबाट अस्पतालले आधुनिक चिकित्सा प्रणाली अपनाइ सेवामा गुणस्तर कायम गर्ने डा. गाैतमले बताए। उनले वीर अस्पतालमाथि रहेको जनताको आशा र भरोसालाई थप बलियो र विश्वासिलो बनाउने प्रतिबद्धता जनाए।

नवनिर्मित भवनबाट कोभिड-१९ को जारी महामारी नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास अस्पतालका प्रमुख डा. गाैतमले व्यक्त गरे।

वीर अस्पतालको सर्जिकल भवनलाई कोभिड अस्पताल बनाइने • Health News Nepal




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ