गण्डकी प्रदेश : मनाङ्‍गे र आचार्य पुरानै मन्त्रालयमा सहमत

2021-07-11

काठमाडाैं - विनाविभागीय मन्त्री बनेको करिब एक महिनापछि गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाएका छन्।

जनता समाजवादी पार्टीका (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङ्‍गेले मन्त्रालय पाउने भएका छन्। आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीको जिम्मेवारी पाएका छन् भने मनाङ्‍गेलाई पुरानै मन्त्रालयमा दोहोर्‍याइएको छ। मनाङ्‍गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिएका छन्।

मुख्यमन्त्रीसँग भएको सहमतिअनुसार अर्थ मन्त्रालय पाउनुपर्ने आचार्यको अडान थियो। मनाङ्‍गेको भौतिक पूर्वाधार पाउनुपर्ने माग थियो।

सत्ता साझेदार जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले आइतबार पहिले अस्वीकार गरेको मन्त्रालयकै जिम्मेवारी सम्हाल्ने भएका हुन्।

जेठ २९ मा मुख्यमन्त्रीसँगै शपथ लिएका कांग्रेसका कुमार खड्का र माओवादी केन्द्रकी मधुमाया अधिकारीले मन्त्रालयको जिम्मेवारी केही दिनअघि पाएका थिए। खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका छन्।

गण्डकी प्रदेश सभामा आइतबार देखि बजेटमाथिको छलफल हुँदैछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ