2021-07-11 |
काठमाडाैं - कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले पराजित गर्दै उपाधि हात पारेको हो।
अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो ।
अर्जेन्टिनाले खेलको पहिलो हाफमा एक गोल गरेको थियो, जुन उपाधि रक्षाका लागि पर्याप्त बन्यो।
एन्जल डी मारियाले २२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।
दोस्रो हाफमा दुवै टिमले थप गोल गर्न नसक्दा खेल १-० कै अवस्थामा सकिएको हो। ब्राजिलले बराबरीमा फर्कने प्रयास गरे पनि असफल बनेको थियो।
सेमिफाइनलमा ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए।
प्रतियोगिताभर सर्वाधिक गोलकर्ता मेसी बने भने उत्कृष्ट खेलाडी मेसी र ब्राजिलका नेयमार घोषित भए । उत्कृष्ट गोलकिपरको उपाधि अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले जिते ।
सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो ।
२००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।
काठमाडौं - सन्दीप लामिछाने र करण केसीको सानदार बलिङमा नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानविरुद्ध ७ विकेटको जित निकालेको छ। ओमानले दिएको ...
काठमाडौं - पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो-२०२० फुटबलको सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन्। आइतबार सम्पन्न युरोकपमा सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट जितेका हुन्। प्रिक्वार्टरफाइनलमा बेल्जियमसँग ...
एजेन्सी - इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउंदै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ...