कांग्रेसका देउवा इतर सभापतिका दाबेदारहरुको छलफल सुरु

2021-07-09

काठमाडौं - कांग्रेसका देउवा पक्ष इतर सभापतिका दाबेदारहरुको छलफल सुरु भएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा. शशाङ्‍क कोइराला, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला लगायत सहभागी छन्।

नेता केसीले संस्थापन इतरपक्षबाट सभापतिमा दाबी गर्ने नेताहरुको बैठक बोलाएका हुन्।

संस्थापन इतरपक्षबाट साझा उम्मेदवार एक जना उठाउने विषयमा छलफल गर्न बैठक डाकेको बताइएको छ। एकल उम्मेदवार दिन नसक्ने अवस्था भए आफूले पनि सभापतिमा दाबी गर्ने केसीले बताउँदै आएका छन्।

सर्वसहमत एउटा उम्मेदवार उठाउन नसके शीर्ष नेताहरु सल्लाहकार समितिको रूपमा रहेर अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार हुनुपर्ने उनको जोड छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ