रोकिएको जनगणना असोज १ गते देखि गर्न प्रस्ताव

2021-07-06

काठमाडौं - केन्दि्रय तथ्यांक विभागले जनगणना २०७८ आगामी १ असोजदेखि १५ असोजसम्म हुने गरि प्रस्ताव गरेको छ । केन्दि्रय तथ्यांक विभागले जनगणना सम्पन्न हुने पर्ने गरि तोकिएको समयभन्दा धेरै पर सार्न नहुने गरी जनगणनाको मुलगणना १ असोजदेखि १५ असोजसम्म गर्न प्रस्ताव गरेको हो ।

हरेक १० वर्षमा हुने जनगणना यो असारको पहिलो सातामा सम्पन्न हुनुपर्ने थियो। तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो।

केन्दि्रय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको मिति तोक्ने काम मन्त्रिपरिषद्ले गर्ने छ । ‘सम्भवतः एक साता भित्र नयाँ मिति घोषणा हुन्छ,’ उनले भने । उनका अनुसार वषर्ायाम शुरु नभएको अवस्थामा जेठ अन्तिमसातादेखि असार पहिलोसाता भित्र नेपालमा जनगणना हुँदै आएको छ ।

तर, विभागले भने महामारी केही कम भएको भन्दै साउनबाटै तयारी थाल्ने तयारी गरेको छ । ‘मूल गणना १ असोजबाट थालेर १५ दिनसम्म चलाउने तयारी छ,’ उनले भने, ‘सम्भवतः एक साता भित्रै सरकारले मिति तोक्छ ।’

३९ हजार भन्दा बढी गणकले घरघर पुगेर जनगणना गर्छन् । यो काम १५ दिनमा सकिसक्नु पर्छ । सरकारले जनगणनाको मिति तोक्नासाथ विभागले गणक भर्नाको काम समेत पुरा गर्ने छ ।

त्यसअगाडि सुपरभाइजरसहितका विभिन्न तहका कर्मचारीलाई तालिम दिने र आवश्यक सामग्री पुर्‍याउने काम भने यसअघि नै सकिएको छ ।

‘हाम्रा कार्यालयहरु स्थानीय तहसम्म पुगेका छन्, सामान पुगिसकेको छ,’ उनी भन्छन्, अब फाइनल चरणका काम पुरा गर्ने हो ।’

जनगणना यसअघि २५ जेठबाट शुरु गरी ८ असारमा सक्ने लक्ष्य थियो । तर, वैशाखको पहिलो साताबाटै कोरोना भाइरसको महामारी फैलिएपछि जनगणना अभियान रोकिएको थियो ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ