बढ्न थाल्यो कोरोना : दोस्रो दिन निको हुने भन्दा थपिने बढी

2021-07-06

काठमाडौँ - नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो ।

मंगलबार २६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् । १२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७१८ जना तथा एन्टिजेन विधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा थप २२११ जनामा कोरोना संक्रमणमुक्त भएका थिए ।

यही अवधिमा थप १५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । नेपालमा हालसम्म ९ हजार २६३ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल २२ हजार ९६९ जना होमआइसोलेसनमा रहेका छन् भने २ हजार ५९ जना संस्थागत आइसोलेसन, आईसीयूमा ५६७ जना र भेन्टिलेटरमा १७१ जना रहेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ