अग्नि खरेलको प्रश्न : राष्ट्रपतिले अदालतको आदेश नमाने के हुन्छ ?

2021-07-01

काठमाडौँ - पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनि राष्ट्रपतिलाई परमादेश जारी गर्न नमिल्ने जिकिर गरेका छन् । संवैधानिक इजलासमा देउवालगायतको रिट निवेदनमा प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैै खरेलले राष्ट्रपति आफैले प्रधानमन्त्री बनाउने नभइ निर्णयमात्रै गर्ने भएको जिकिर गरे ।

‘राष्ट्रपति आफैंले प्रधानमन्त्री बनाउने होइन...,’ उनले इजलासमा भने, ‘ निर्णय राष्ट्रपतिले गर्ने हो, राष्ट्रपतिमाथि परमादेश जारी हुनै सक्दैन ।’ खरेलले राष्ट्रपति संविधानको संरक्षक रहेकाले अदालतले परमादेश जारी गर्छ भन्ने आफूलाई नलागेको पनि बताए ।

सो क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले खरेलको बहसप्रति चासो राख्दै सोधे, ‘परमादेश जारी भयो, राष्ट्रपतिले मान्नुभएन भने के हुन्छ भनेर तपाईले भन्न खोज्नुभएको हो ?’

जवाफमा खरेल सदिय शासन प्रणालीलाई कमजोर बनाउन खोजेको हो भन्दै झोक्किए । ‘के हामीले संसदीय शासन प्रणालीलाई डिपर्चर गर्न खोजेको हो ,? कमजोर बनाउन खोजेको हो ?अदालतबाट श्रीमानहरुले पुन स्थापित गरेको संसदले कुनै काम गर्न सक्यो ?’, खरेलले प्रतिप्रश्न गरे ।

उनले प्रधानमन्त्री केपी ओलीले गरेको विघटन स्वभाविक भएको जिकिर गरे ।

पुनः स्थापित संसदको बैठकमा अध्यादेशबारे छलफलको एजेन्डा राखिएपनि त्यसमा कुनै छलफल र निर्णय हुन नसकेको खरेलले बताए । उनले भने–‘हामीले यसअघिको विघटनको बेलामा पनि अहिलेको संसदले निकास दिन सक्दैन भनेका थियौं । ’

खरेलले ७६ (५) मा दलीय हिृप लाग्ने दावी पनि गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले हिृपबारे उनलाई प्रश्न गरे ।

प्रधान न्यायाधीशले सोधे, हिृप लगाउनु पर्ने अनिवार्यता छ र ? एमालेले भोलि ह्विप नलगाउन पनि सक्छ नि ? नलगाए के हुन्छ ?’

जवाफमा खरेलले भने, ‘अनिवार्य ब्यवस्था हो श्रीमान । लामो अनुभव पछि हिृप लगाउने ब्यवस्था अहिलेको संविधानमा गरिएको हो ?’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ