फुटबलका टिमका १३ जनाकाे कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ

2021-07-01

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित १३ जनाको दोस्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

टिमको बन्द प्रशिक्षण सुरु गर्नु अघि गरिएको काेराेना परीक्षणमा ११ खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई पदाधिकारी र एन्फा स्टाफ गरी २० जनामा संक्रमण देखिएपछि पुन: परीक्षण गरिएको थियाे।

जसमा ११ खेलाडी र दुई एन्फा पदाधिकारीसहित १३ जनाकाे दाेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएको एन्फाका प्रवक्ता किरण राईले जनकारी दिए।

‘पहिलो परीक्षणमा ११ खेलाडीसहित २० जनामा संक्रमण पुष्टि भएको थियो। तर, शंका लागेर गरिएको दाेस्राे परीक्षणमा सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको छ भने दुई पदाधिकारीको रिपोर्ट पनि नेगेटिभ आएको छ। बाँकी ७ जनाको रिपोर्ट आएको छैन,’ उनले नेपाल लाइभसँग भने।

उनका अनुसार पहिलो परीक्षणमा कोरोना संक्रमण देखिएका खेलाडी र अफिसियलसहित २० जना होम आइसोलेसनमा रहेका छन्। ‘अहिले सबै होम आइसोलेसनमा हुनुहुन्छ। सबैको स्वास्थ अवस्था सामान्य छ,’ उनले भने।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई साता अघि १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।

यद्यपि, एन्फाले बिहीबार बिहान प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण स्थागित गरिएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएको थियो। अब एक साता पछिबाट मात्र प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ।

यी हुन् बन्द प्रशिक्षणमा परेका खेलाडीहरु

अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ