संसद विघटन : प्रधानमन्त्रीका कानुन व्यवसायीको अब डेढ घण्टा बाँकी

2021-07-01

काठमाडौं - प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबारको बहस सकिएको छ। सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइ भोलि पनि निरन्तर रहेनछ।

भोलि पनि प्रधानमन्त्रीका कानुन व्यसायीले बहस सुरु गर्नेछन। बिहीबार प्रधानमन्त्रीका कानुन व्यवासायीले तीन घण्टा बहस गरे। अब उनीहरुले बहसका लागि एक घण्टा ३० मिनेट समय पाउनेछन्।

प्रधानमन्त्रीका कानुन व्यवसायीको बहसपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरुलाई एक घण्टा समय दिइएको छ।

त्यसपछि सर्वाेच्च र नेपाल बारबाट झिकाइएका एमिकस क्युरीले राय दिनेछन्। उनीलाई २ घण्टा दिइनेछ। अन्त्यमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। यसका लागि उनीहरूलाई ३ घण्टा समय दिइनेछ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते राति प्रतिनिधि सभा विघटन गरेकी थिइन्। जसविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि गत बुधबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ