महान्यायाधिवक्ताको तर्कमा प्रधानन्यायाधीशको प्रश्न : संसद विघटन प्रधानमन्त्रीको बाध्यता होर ?

2021-06-28

काठमाडौं - महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्रीको बाध्यता रहेको जिकीर गरेका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा सोमबार बहस गर्ने क्रममा उनले अहिलेको विघटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको नभई संविधानतह: भएको तर्क गरे।

उनले पहिलो विघटन ताजा जनादेशका लागि भएको उल्लेख गर्दै अहिले राष्ट्रपतिसँग द्वन्द्वमा जान नचाहेकाले विघटनको सिफारिस गरेको बताए।

अदालतको आदेश जतिसुकै प्रतिकूल भएपनि सरकारको मानेको बडालको भनाइ छ। 'अदालतको आदेश पालना गर्न यो सरकार हरदम तयार छ।

उपधारा ३ काे सरकाले विघठन गर्न पाउँदैन भने, दुवैको दाबी अस्वीकार भएपछि कसले विघटन गर्ने त?', बडालले भने, '३ अनुसारकाे प्रधानमन्त्रीले नपाउने हो भने त ओली त सदावहार प्रधानमन्त्री हुनुभयो नि त! त्यसैले यो विघटन बाध्यकारी हो। बाध्यता हो।'

बडालले यस्तो तर्क गरेपछि प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले हाँस्दै भने- बाध्यता भन्दा पनि दायित्व होला।

महान्यायाधिवक्ता बडालले रिट निवेदन खारेज हुनुपर्ने माग गरे। उनले रिट निवेदनमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड' र उपेन्द्र यादवसहित ५ जनाको मात्रै सनाखत रहेको तर्क गरे।

लगत्तै न्यायाधीश मिरा खड्काले भनिन्- त्यो छुट्टै लिस्ट छ त।

जवाफमा बडालले भने- यो कुन कानुन अन्तर्गतको सनाखत हो? यो कस्तो सनाखत हो? के काे हिसाबले १४६ भन्ने आयो? कानुनत: हस्ताक्षर गरेका ५ जना मात्र यो अदालतले चिन्छ । त्यसमा कति जना सांसद थिए थाह छैन।

सोमबार महान्यायाधिवक्ता बडालले साढे ३ घण्टा बहस गरे। सोमबार लागि सुनुवाइ सकिएको छ। अब मंगलबार निरन्तर सुनुवाइ हुनेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ