देउवाको ब्रिफिंग : सभापतिमा फेरि उठ्छु, सहयोग गर्नुस् !

2021-06-19

काठमाडाैं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका केन्द्रीय सदस्य बोलाएर सभापतिमा पुनः उठ्ने बताएका छन्।

आफूनिकटका केन्द्रीय सदस्यहरुलाई गोप्यरुपमा बोलाएर देउवाले महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका हुन्। बैठक गोप्य रहेको जानकारी गराउँदै देउवानिकट केन्द्रीय सदस्यलाई कसैलाई थाहा नदिइ आउन भनिएको थियो। बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने,‘म फेरि एकपटक सभापतिमा उठ्छु, एकपटकलाई सहयोग गर्नुस् भन्नुभयो।’

प्रदेश १ का केन्द्रीय सदस्यलाई बिहान बोलाएको बैठक करिब तीन घन्टा देउवानिवास बूढानीलकण्ठमा बसेको थियो। बैठकमा दर्जनभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको बताइएको छ।

छलफलमा सहभागीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए। बैठकमा छलफलमा सहभागी एक नेताले भने,‘सभापति फेरि उठ्ने देखिन्छ। उहाँको कुरा सुन्दा पछि हट्ने सम्भावना देखिँदैन।’ केही केन्द्रीय सदस्यले सभापतिमा पुनः दोहोरिनुपर्ने मत राखेका थिए।

पार्टीलाई फेरि सशक्त बनाएर संविधान र लोकतन्त्र गरी १५ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने देउवाको भनाइ थियो । पार्टीको विधानले पनि दुई कार्यकाल सभापति हुन पाउने व्यवस्था गरेको देउवाले स्मरण गराएका थिए ।

‘मुलुकको संकटकालीन अवस्थामा मैले पार्टीको नेतृत्व छोड्दा म असफल भएर बीचमै छाडेको देखिन्छ’ ‘पार्टीलाई फेरि सशक्त बनाएर संविधान र लोकतन्त्रलाई संस्थागत गरी अर्कोपटक नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हन्छ भन्ने मैले महसुस गरेँ, देउवा निकट एक जना केन्द्रिय सदस्यले भने।’

आसन्न महाधिवेशनमा सभापति भएर पार्टीलाई सबैभन्दा ठूलो लोकप्रिय बनाउने देउवाले प्रदेश १ का नेताहरुलाई बताए । ‘म सभापति भएँ, संविधान कार्यान्वयन गर्ने अवसर मैले पाएँ, विगतको संसदको निर्वाचनमा भोट बढ्यो । तर, दुई पार्टी एक हुँदा त्योअनुसार सिट बढ्न सकेन,’ छलफलमा देउवाले भने, ‘अब आसन्न महाधिवेशनमा म सभापति भएर यो पार्टीलाई सबैभन्दा ठूलो, लोकप्रिय पार्टी बनाउँछु । म यस अभियानमा लाग्छु ।’

बैठकमा प्रदेश १ का केन्द्रीय सदस्यहरु सहभागी भएका थिए। उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. डीला संग्रौला, मीन विश्वकर्मा, सीता गुरुङलगायतका केन्द्रीय सदस्य सहभागी दिए।

उनले एक दिनमा दुई वटा प्रदेशमा आफू निकट नेतासँग आन्तरिक छलफलको नीति लिएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ