गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पाए विश्वासको मत

2021-06-18

काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्। शुक्रबार बसेको गण्डकी प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत परेको थियो भने प्रस्तावको विपक्षामा २७ मत खसेको थियो। विश्वासको मतको प्रस्तावको विपक्षमा एमालेका २७ सांसद रहेका छन्।

प्रदेशसभा बैठकमा ५८ प्रदेश सभा सदस्य उपस्थित थिए। मुख्यमन्त्री पोखरेलले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका थिए।

कांग्रेस संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। मुख्यमन्त्री पोखरेललाई कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदले समर्थन गरेका थिए।

मुख्यमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वासको मत लिएका हुन्। यसअघिका मुख्यमन्त्री एमालेका पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकी पदबाट हटेका थिए।

जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ।

मुख्यमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नसकिने संवैधानिक व्यवस्था छ। त्यसैले सामान्य अवस्थामा पोखरेलको पदावधि आगामी निर्वाचनसम्मै कायम रहने देखिन्छ। तर, संविधानमै ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ भन्ने व्यवस्था पनि रहेकाले उनलाई सत्ता संकट निम्तिन पनि सक्छ।

न्यूनतम बहुमत सांसद्हरुको समर्थनबाट पोखरेल मुख्यमन्त्री नियुक्त भएका हुन्। कांग्रेसका तर्फबाट नेतृत्व गरेका उनका सहयात्री दुई कम्युनिस्ट दलहरु माओवादी केन्द्र र राजमो छन्। त्यस्तै, जसपा र एक स्वतन्त्र सांसद् छन्। सत्ता सञ्चालनका बेलामा मतान्तर उत्पन्न हुन सक्ने सम्भावना सधैँ रहिरहन्छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ