रवाफ देखाउंदै प्रहरीलाई ''हेप्ने'' ज्वाला संग्रौला बिरुद्ध छानविन सुरु

2021-06-17

काठमाडौं - आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध दिएको रंगभेदी अभिव्यक्तिको छानबिन सुरु भएको छ।

मधेशी आयोगमा बुधबार संग्रौलाको अभिव्यक्तिविरुद्ध उजुरी परेपछि घटनाको छानबिन सुरु भएको हो। आयोगले यस घटनाको बारेमा प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी गराइसकेको छ।

नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवरले आयोगबाट अनौपचारिक रुपमा जानकारी आइसकेको र लिखित जानकारी आएपछि छानबिन सुरु गरिने बताए।

बुधबार आयोगमा दर्ता भएको उजुरीको दर्ता नम्बर १८३ रहेको आयोगका अध्यक्ष विजयकुमार दत्तका स्वकीय सचिव दीपेन्द्र कुमार यादवले बताएका छन्। उनको अभिव्यक्तिप्रति गम्भीर आपत्ति रहेको जनाउँदै उजुरी दर्ता भएको थियो।

संग्रौलासहितको टोलीको गाडी ड्युटीमा खटिएका असई झाले रोकेर जाँच सुरु भएपछि असई झामाथि रंगभेदी व्यवहार समेत भएको थियो। निषेधाज्ञामा पास बिना सवारी चलाउन नमिल्ने भन्दै झाले पास मागेका थिए। तर, उनीहरुले देखाउन सकेका थिएनन्।

त्यसपछि लाइसेन्स माग्दा समेत उनीहरुले लाइसेन्स देखाउन सकेका थिएनन्। प्रहरीले गाडी होल्ड गर्न लगाएपछि विवाद भएको थियो। महाराजगञ्ज चोकबाट भएको विवाद ट्राफिक वृत्तसम्म पुगेको थियो।

प्रहरी कार्यालयमा संग्रौलाको टोलीले असईको नाम सोधेपछि उनले आफ्नो नाम मणिकान्त झा भएको बताएका थिए। त्यसपछि संग्रौलासहितको टोलीले रंगभेद हुने शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ