2021-06-15 |
हेटौडा - बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।
कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ ।
प्रदेश सरकारले पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसैगरी वित्तीय तर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ ।
आगामी आर्थिक वर्षमै अस्पतालमा स्वास्थ्य सम्बन्धी यन्त्रहरुको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम प्रभावकारी बनाउने मन्त्री ढुंगेलले बजेट भाषणमा घोषणा गरेका छन् ।
प्रदेश सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम विनियोजन गरिएको छ ।
सरकारले बजेट मार्फत् मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमका लागि २२ करोड विनियोजन गरेका छन् ।
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो। अब पेट्रोल प्रति लिटर रु १७० र डिजल ...
काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त क्षेत्रमा थप त्रास उत्पन्न हुने गरी अभिव्यक्ति दिएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको लेखापाल ...
काठमाडौं - नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा बोर्डमा आवेदन दिएर बसेका २८ कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन रोकिएको छ। अध्यक्ष नहुँदा बोर्डले आईपीओ निष्कासन गर्न ...