बादलकी पत्नी नैनकला थापा बनिन सञ्चारमन्त्री

2021-06-10

काठमाडौं - पूर्वगृहमन्त्री राबहादुर थापा 'बादल'पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छिन्। बिहीबार अपराह्न ४ बजे हुने मन्त्रिमण्डल विस्तारमा उनी मन्त्री बन्न लागेकी हुन्।

नेकपा (माओवादी केन्द्र)बाट बादलको नेतृत्वमा एउटा समूह नै एमाले प्रवेश गरेको छ। उक्त समूहका २३ जनालाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य नै बनाएका छन्।

बादललाई नेता मानेर एमाले प्रवेश गरेका अन्य नेतालाई उनले भने विश्वास गरेनन्। बादलको कोटामा परेका दुई मन्त्रीमा एउटा आफ्नै पत्नी नैनकला थापालाई सिफारिस गरेका छन्।

आफूलाई विश्वास गरेर एमाले प्रवेश गरेका नेतालाई नभइ आफ्नै श्रीमतीलाई मन्त्री बनाएकोमा बादलको आलोचना भइरहेको छ। तीन वर्षदेखि गृहमन्त्री रहेका बादलको केही दिनअघि मात्रै पद गएको थियो।

ओली क्याबिनेटमा श्रीमान्-श्रीमती नै मन्त्रीको अवसर पाउने बादलजोडी तेस्रो हो। यसअघि रघुरवीर महासेठ र जुली महतो, शेरबहादुर तामाङ र उषाकला राईले जोडी नै मन्त्री बन्ने अवसर पाइसकेका छन्। जुली पदमुक्त भएपछि महासेठले अवसर पाएका हुन् भने तामाङ दम्पत्ति दुवैमध्ये एक संघ र अर्को प्रदेश मन्त्री छन्।




थप समाचार


अक्सिजनको सहयोगमा पूर्वप्रधानमन्त्री खनालको उपचार जारी

अक्सिजनको सहयोगमा पूर्वप्रधानमन्त्री खनालको उपचार जारी

काठमाडौं - थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ। गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उनलाई आज बिहान थापाथलिस्थित ...

भारतले महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति

भारतले महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति

गत वर्ष व्याँस गाउँपालिकाको मौराभेल क्षेत्रमा नेपाली सेनाले क्याम्प राखेर घोरेटो बाटो निर्माण गर्यो । भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणको क्रममा नेपालको व्याँस ...

नरोत्तम वैद्य बिरुद्ध मकवानपुर प्रहरीमा जाहेरी

नरोत्तम वैद्य बिरुद्ध मकवानपुर प्रहरीमा जाहेरी

हेटौडा - बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्धा चलाउने तयारी गरिएको प्रति नेपाली कांग्रेस ...




ट्रेन्डिङ