बादलकी पत्नी नैनकला थापा बनिन सञ्चारमन्त्री

2021-06-10

काठमाडौं - पूर्वगृहमन्त्री राबहादुर थापा 'बादल'पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छिन्। बिहीबार अपराह्न ४ बजे हुने मन्त्रिमण्डल विस्तारमा उनी मन्त्री बन्न लागेकी हुन्।

नेकपा (माओवादी केन्द्र)बाट बादलको नेतृत्वमा एउटा समूह नै एमाले प्रवेश गरेको छ। उक्त समूहका २३ जनालाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य नै बनाएका छन्।

बादललाई नेता मानेर एमाले प्रवेश गरेका अन्य नेतालाई उनले भने विश्वास गरेनन्। बादलको कोटामा परेका दुई मन्त्रीमा एउटा आफ्नै पत्नी नैनकला थापालाई सिफारिस गरेका छन्।

आफूलाई विश्वास गरेर एमाले प्रवेश गरेका नेतालाई नभइ आफ्नै श्रीमतीलाई मन्त्री बनाएकोमा बादलको आलोचना भइरहेको छ। तीन वर्षदेखि गृहमन्त्री रहेका बादलको केही दिनअघि मात्रै पद गएको थियो।

ओली क्याबिनेटमा श्रीमान्-श्रीमती नै मन्त्रीको अवसर पाउने बादलजोडी तेस्रो हो। यसअघि रघुरवीर महासेठ र जुली महतो, शेरबहादुर तामाङ र उषाकला राईले जोडी नै मन्त्री बन्ने अवसर पाइसकेका छन्। जुली पदमुक्त भएपछि महासेठले अवसर पाएका हुन् भने तामाङ दम्पत्ति दुवैमध्ये एक संघ र अर्को प्रदेश मन्त्री छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ