महाधिवेशन भदौमै हुन्छ, म पूर्ण प्रतिवद्ध छु : देउवा

2021-06-09

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन भदाैमै हुने आश्वस्त पारेका छन्। बुधबार एक वक्तव्य जारी गर्दै उनले यसमा आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन्।

देउवाले पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने उल्लेख समेत गरेका छन्। क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुपर्ने भएकाले यसका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम भइरहेको स्मरण गरेका छन्।

महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने देउवाको भनाइ छ। बरु महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य रहेको देउवाले सम्झाएका छन्। उनले असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्वतयारी गर्नुपर्ने बताएका छन्।

'पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु', देउवाले भनेका छन्, 'महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु। पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन्।'

देउवाले कांग्रेस आवद्ध सबैलाई आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गरेका छन्। 'कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गर्दछु', देउवाले भनेका छन्।




थप समाचार


आफ्नै भूमिका बारे समिक्षा गदै राजनीतिक दल

स्थानीय सरकार अस्पताल संचालन गर्न असफल भएको निष्कर्ष
आफ्नै भूमिका बारे समिक्षा गदै राजनीतिक दल

दिवाकर पोख्रेल देउखुरी, जेठ । दाङ देउखुरीमा राजनीतिक दलहरुले महामारीको समयमा पनि आफुहरुको भूमिका सन्तोष जनक नरहेको भन्दै आत्म समिक्षा गर्न थालेका छन् । कोभिड ...

जनमत पार्टीको अध्यक्षमा सिके राउत

जनमत पार्टीको अध्यक्षमा सिके राउत

काठमाडौं - जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्वाचित भएका छन्। जनकपुरमा गत शनिबार सुरु भएको प्रथम महाधिवेशनले राउतलाई अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्षमा राउतको मात्रै ...

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ। सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइसकेपछि मंगलबार सिंहदरबारस्थित ...




ट्रेन्डिङ