संसद विघटनको मुद्दामा सर्वोच्चले माग्यो ''एमिकस क्युरी''

2021-06-09

काठमाडौं - प्रतिनिधि सभा विघटनको मुद्दाको अन्तिम सुनुवाइका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासले चार जना एमिकस क्युरीको नाम माग गरेको छ।

वुधबार भएको वहसपछि सर्वोच्चले नेपाल बार एशोसियसन र सर्वोच्च अदालत बार सँग २/२ जना अदालतको सहयोगी (एमिकस क्युरी ) को रुपमा वरिष्ठ अधिवक्ताहरुको सहयोग उपलब्ध गराउन भनेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलाशले एमिकस क्युरीको नाम पठाउन भनेको छ। सर्वोच्चले कति दिनभित्र नाम पठाउने नभने पनि अन्तिम सुनुवाइको मिति तोकिएको असार ९ गते अघि नै पठाउनुपर्ने छ।

सर्वोच्चको यो आदेशपछि सर्वोच्च बार र नेपाल बारले छलफल गरेर नाम पठाउने छ। यसअघि पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको मुद्दामा पनि सर्वोच्चले एमिकस क्युरी मगाएको थियो। अघिल्लो पटक सर्वोच्चले पाँच जना एमिकस क्युरी मगाएको थियो। सर्वोच्च बार वाट २ र नेपाल बारवाट ३ जना माग गरेको थियो।

अघिल्लो पटक नेपाल बारवाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शतिष्कृष्ण खरेल, विजयकान्त मैनाली र सर्वोच्च बारवाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र गीता संग्रौला पाठकले एमिकस क्युरीका रुपमा बहस गरेका थिए।

के हो एमिकस क्युरी ?
सर्वोच्च अदालतको संवैधानिक इजलाससम्बन्धी नियमावलीका अनुसार सर्वोच्चले कुनै पनि कानुन व्यवसायी वा विषयविज्ञलाई सुझावका लागि इजलासमा बोलाउनुलाई एमिकस क्युरी भनिन्छ। एमिकस क्युरीलाई अदालतको साथि समेत भनिन्छ।

अदालतमा विचाराधीन मुद्दाको प्रकृति र गम्भीरताका आधारमा इजलासले सम्बन्धित विषयको विशेष ज्ञान र अनुभव भएका व्यक्तिलाई बोलाउन सक्ने प्रावधान छ।

संवैधानिक इजलाससम्बन्धी नियमावलीको परिच्छेद ५ मा एमिमकस क्युरीसम्बन्धी व्यवस्था छ। परिच्छेद ५ को उपनियम १ मा भनिएको छ, ‘आफूसमक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानूनको प्राध्यापक, कानून व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्‍याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी)को रूपमा झिकाई निजको राय लिन सक्नेछ।’

एमिकस क्युरीमा झिकाइएको व्यक्तिले इजलासमा उपस्थित भइ सम्बन्धित विषयमा आफ्नो तटस्थ राय प्रस्तुत गर्नुपर्ने नियमावलीको उपनियम २ मा उल्लेख छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ