सर्वोच्चले जनमोर्चाका कृष्ण थापाको ''सांसद'' पद थमौती गरिदियो

2021-06-06

काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पक्षमा अन्तरिम आदेश दिएको छ।

सांसदबाट हटाएपछि थापाले सर्वोच्चमा शुक्रबार रिट दायर गरेका थिए। पार्टी नीति उल्लंघन गरेको आरोपमा सांसदबाट हटाइएका थापाले त्यसलाई चुनौती दिँदै अदालत पुगेका थिए।

आफू स्वयं अदालतमा उपस्थित हुन नसकेपछि शुक्रबार वारेसनामामार्फत् रिट दायर गरेका थिए। थापाको रिट आइतबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो।

सर्वाेच्चले सांसद पद नरहेमा थापाको काम कर्तव्य अधिकारमा तत्काल पुग्न सक्ने अपुरणीय क्षति समेतको दृष्टिकोणबाट प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उनको गण्डकी प्रदेश सभा सदस्यको पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरू कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ