कोरोना अपडेट : ६८२५ जनामा संक्रमण, ५९०४ मुक्त, ७५ को मृत्यु

2021-06-03

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ६ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १८ हजार ५६२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा ५ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा ३ हजार २११ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ९०४ जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ८२५ संक्रमित थपिँदा ५ हजार ९०४ संक्रमणुमक्त भएका हुन्।

यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ६७ जार ४६७ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ७५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ७ हजार ६३० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ