कोरोना अपडेट : ७२१९ जना कोरोनामुक्त, ५३१६ जना थपिए, १०१ जनाको मृत्यु

2021-06-02

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै छ। २४ घण्टामा ५ हजार ३१६ जना संक्रमित थपिएका छन्।

नेपालमा जम्मा संक्रमितको संख्या भने ५ लाख ७१ हजार ९०३ पुगेको छ। यसमध्ये ७ हजार ५५५ जनाको निधन भएको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४५६ कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १ हजार ४५६ जनामा संक्रमण पुष्टि भएकाे हाे।

थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९६९ रहेका छन्। यस्तै, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप १०१ जनाको मृत्यु भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले प्रेस ब्रिफिङका क्रममा दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरि पछिल्लो २४ घन्टामा थप १०१ जनाको मृत्यु भएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ