विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

2021-06-01

काठमाडौं - विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ। कोरोना संक्रमण भएर मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार निधन भएको हो।

४४ वर्षीय थापाको मंगलबार दिउँसो ४ बजेर २५ मिनेटमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले फेसबुकमार्फत् जानकारी गराएका छन्।

दुई हप्ताअघि कोरोना संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका थिए। पछिल्ला दिनमा भने उनलाई मेडिसिटी अस्पतालमा इसिएमओ प्रविधिबाट उपचार गराइएको थियो।

सुरुमा ह्याम्स भर्ना गरिएका उनलाई ग्रान्डी हुँदै मेडिसिटी पुर्‍याइएको थियो। उपचारकै क्रममा कोरोनामुक्त भएता पनि उनको अवस्था गम्भीर नै थियो। सोमबार साँझ विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले कोरोना रिपोर्ट नेगेटिभ आए पनि, त्यसअघि भाइरसले शरीरमा दीर्घकालिन क्षति गरिसकेको छ’ भन्दै ट्विट गरेका थिए।

उनी गम्भीर बिरामी भई अस्पतामा उपचाररत अवस्थामा रहेको खबर सार्वजनिक भएपछि उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोस्ट भइरहेका थिए। साथै, उनको उपचारमा सहयोग पुगोस् भनेर देशभित्र र बाहिरका शुभेच्छुकले रकम जम्मा गरिरहेका थिए। तर उनले रोगलाई जित्न भने सकेनन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ