महन्थ-राजेन्द्रको काउन्टर याक्सन : उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन

2021-06-01

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ।

जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवपक्षले महन्थ तथा राजेन्द्रसहित नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेलगत्तै महन्थ–राजेन्द्र पक्षले पनि अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको घोषणा गरेको छ।

जसपाको महन्थ–राजेन्द्र पक्षको पार्टी कार्यालयमा बसेको बैठकले उपेन्द्रलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जसपाका एक कार्यकारिणी समिति सदस्यले जानकारी दिए।

‘उपेन्द्रजीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय भइसकेको छ। पार्टीबाट निष्कासन गरेको पत्र बन्दै छ, केही बेरमा सार्वजनिक हुन्छ,’ ती कार्यकारिणी समिति सदस्यले भने, ‘उपेन्द्रजीकै कारण जसपा विभाजनको स्थितिमा पुगेको छ। त्यसको भागिदार उहाँ नै हो।’

पार्टी गुटको बैठक बसेर नेताहरुलाई स्पष्टीकरण सोध्नुका साथै पार्टीबाट निष्कासन गर्ने काम उपेन्द्रले नै शुरु गरेको दाबी उनले गरे।

महन्थ–राजेन्द्र पक्षको बबरमहलमा बसेको बैठकले यादवलाई पार्टीबाट निकाल्नुका साथै सरकारमा जाने नेताहरुको विषयमा समेत छलफल गरेको ती कार्यकारिणी समिति सदस्यले बताए।

केपी शर्मा ओली नेतृत्वको सरकारमा ८ मन्त्री र २ राज्यमन्त्री पाउने निश्चित भइसकेको जसपा नेताहरुको भनाइ छ। यद्यपि सरकारमा जाने नेताहरुको नाम भने टुंग्याउन बाँकी रहेको जनाइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ