आफ्नै भूमिका बारे समिक्षा गदै राजनीतिक दल

स्थानीय सरकार अस्पताल संचालन गर्न असफल भएको निष्कर्ष

2021-05-31

दिवाकर पोख्रेल


देउखुरी, जेठ । दाङ देउखुरीमा राजनीतिक दलहरुले महामारीको समयमा पनि आफुहरुको भूमिका सन्तोष जनक नरहेको भन्दै आत्म समिक्षा गर्न थालेका छन् । कोभिड १९ ले थलाथला पारेको समयमा आपसमा आरोप प्रत्यारोपमा लागेर आफ्ना मतदाता जनता बचाउने प्रयासमा लाग्न नसकेको निष्कर्ष निकाल्दै दलहरुले विपक्तीको समयमा एक साझा उदेश्यका साथ सबैसंग समन्वय गर्दै अघि बढ्ने निर्णय गरेका छन् ।

विपतको लामो समय सम्म रानीतिक दलहरुले आफ्नो भूमिका प्रभवकारी रुप्मा देखाउन नसकेको भन्दै सर्बसाधरणबाट आलोचना हुन थालेपछि राजनीतिक दलहरुले आफ्नो भूमिका बढाउन पहल थालेका छन् । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेको आयोजनामा गरिएको समिक्षा बैठकले कोरोना सङक्रमण नियन्त्रण तथा सङक्रमितको उपचार तथा व्यवस्थापनमा स्थानीय सरकार भूमिका सन्तोषजनक नभएको निष्कर्ष समेत निकालेको छ ।

बैठकमा नेकपा एमाले क्षेत्रीय इन्चार्ज नारायण छम्पालीले देउखुरी क्षेत्र स्वास्थ्य क्षेत्रको हिसावले धेरै पछाडी रहेपनि शुरुवाती चरणबाटै काम हुन नसकेको बताउनुभयो ।  सुविधा सहितको अस्पताल पाउन पहिलेबाटै पहल थाल्नु पर्ने हो, यो अस्पतालमा सुधार गर्न धेरै आवश्यक छ, उहाँले भन्नुभयो । यस्तै नेपाली काँग्रेसका नेता रेशमवहादुर खड्काले स्थानीय सरकारले स्वास्थ्य क्षेत्र र अस्पताल व्यवस्थापनमा प्रभावकारी काम गर्न नसकेको भन्दै स्थानीय सरकारबाट अस्पताल संचालन हुनै नसक्ने बताउनुभयो । व्यवस्थापन कत्ती भएन भनसुनको आधारमा मात्रै गरेजस्तो गर्ने देखिने काम हुन सकेन,लमही अस्पताललाई स्थानीय सरकारको स्वामीत्वको सट्टा प्रदेश सरकारको मातहतमा ल्याउन आवश्यक छ, खड्काले भन्नुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका लमही नगर सचिव विक्रान्त शर्माले राजनीतिक दलहरुले सकृयता देखाएमा विपतसंग जुद्धन सकिने भन्दै स्थानीय स्तरमै कोभिड १९ को पिसीआर चेकको व्यवस्था मिलाउनुपर्ने सल्लाह दिनुभयो । दलहरुको साझा लक्ष्य राख्ने हो भने स्वास्थ्य क्षेत्रमा आमुल परीवर्तन गर्न सकिन्छ,विकासमा राजनीति नगरी आरोप छाडेर काममा लागौँ,शर्माले भन्नुभयो । यस्तै कार्यक्रममा नेकपा एमाले (नेपाल खनाल समुह) की मिना गूरुङले स्थानीय सरकारले जनजीवीकाका सवालमा मौनता देखाएको बताउनुभयो । जतीपटक भनेपनी काम हुनै सक्दैन,स्वास्थ्य अवस्था खस्कदो छ,उहाँले भन्नुभयो ।

No description available.

नेपाल पत्रकार महासंघ दाङ शाखाकी पूर्व उपाध्यक्ष लिला शाहले कोभीड १९ नियन्त्रणको सवालमा स्थानीय सरकारले आवश्यकता अनुसार कामै गर्न नसकेको बताउनुभयो । लाजै छ,मेरो परिवारमा सङक्रमीत हुँदा लमही अस्पतालका स्वास्थ्यकर्मीले पलास्टीक लगाएर स्वाव लिए, पिपीइ सम्म अस्पतालमा नहुनेलाई के भन्ने, स्थानीय सरकारबाट अस्पताल चल्नै सक्दैन,उहाँले भन्नुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका हरी थापा,संघीय समाजवादीका प्रतिनिधी, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, उपाध्यक्ष केशव पोख्रेल,चेम्बरअफ कमर्सका अध्यक्ष अजय न्यौपाने, रोटरी क्लव लमहीका अध्यक्ष रवी आचार्य, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
बैठकले लमही अस्पतालको व्यवस्थापन नहुँदा विरामीले आवश्यकता अनुसारको चेकजाँच तथा उपचार नपाएको, स्थानीय सरकारको उदासिनताका कारण अस्पताल भताभुङ हुने अवस्था आएको, जनताले सेवा नपाएको ,कागजी रुपमा स्तर बृद्धि गरिएपनि सेवा भरपर्दो नभएको भन्दै लमही अस्पताललाई स्तर बृद्धि गरी प्रदेश सरकारको मातहात लग्न पहल गर्ने निर्णय गरेको छ ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ