2021-05-29 |
काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षका लागि रेलमार्गमा १० अर्ब ३ करोड रकम बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै काठमाडौं उपत्यकामा मेट्रो रेलदेखि काठमाडौं रक्सौल र केरूङ-पोखरा रेलमार्गका लागि सम्भाव्यता अध्ययन र जोगबनी-विराटनगरमा रेल चलाउने, जनकपुर जयनगरमा रेल चलाउने लगायतका योजना बनाएको छ।
बर्दिवासदेखि निजगढसम्म वित्तीय व्यवस्था गरी निर्माणलाई अगाडि बढाइनेछ।
रक्सौल-काठमाडौं र केरुङ-काठमाडौं रेलको अर्को वर्ष सम्भाव्यता अध्ययन सम्पन्न गरिने मन्त्री पौडेलले बताए। यी कामका लागि १० अर्ब बढि बजेट विनियोजन गरिएको हो।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...