स्वास्थ्य बिमाका लागि ७ अर्ब ५० करोड, सबै स्थानीय तहमा पु-याइने

2021-05-29

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् ।

स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ ।

सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने पनि पौडेलले बताए ।




थप समाचार


लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश सरकारले गत मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार ...

सरकारले ल्यायो १६ खर्ब ४७ अर्बको बजेट

सरकारले ल्यायो १६ खर्ब ४७ अर्बको बजेट

काठमाडाैं - कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार सिंहदरबारबाट बजेट ...

प्रहरीको रासनमा १५ प्रतिशतले वृद्धि

प्रहरीको रासनमा १५ प्रतिशतले वृद्धि

काठमाडौँ - सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय/व्यय विवरण सार्वजनिक गर्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै ...




ट्रेन्डिङ