स्पष्टीकरण सोधिएका एमालेका १२ सांसदले जवाफ दिएनन्

2021-05-28

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विघटित प्रतिनिधि सभाका १२ जना सदस्यले स्पष्टीकरणको जवाफ नदिने भएका छन्।

गत जेठ ८ गते बसेको एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्नुका साथै १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

‘पार्टी स्थायी कमिटी बैठकले १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो, अहिलेसम्म पार्टी कार्यालयमा एक जनाको पनि स्पष्टीकरणको जवाफ आएको रेकर्ड छैन,’ कार्यालय सचिव शेरबहादुर तामाङले भने, ‘स्पष्टीकरणको जवाफ नआए अब बस्ने स्थायी कमिटी बैठकमा जवाफ नदिने नेताको विषयमा निर्णय हुन्छ।’

स्पष्टीकरण सोधिएका नेताको जवाफ आउने प्रतीक्षा गरेको तामाङले बताए। स्पष्टीकरणको जवाफ दिए पनि नदिए पनि कारबाही गरी छाड्ने ओलीकाे उद्देश्य स्पष्ट भएकाले नेपालपक्षले स्पष्टीकरणको जवाफ दिन गम्भीरता नदेखाएको बुझिएको छ।

नेपाल पक्षले स्पष्टीकरण सोधिएको विषयमा सामूहिक जवाफ दिने कि एकल रुपमा दिने विषयमा छलफल नै नभएको नेता दीपकप्रकाश भट्टले बताए।

‘हामीलाई पार्टी विधान तथा अनुशासन विपरीत काम गरेको र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोधिएको छ,’ भट्टले भने, ‘त्यसको जवाफ सामूहिक दिने कि एकल रुपमा दिने भनेर छलफल नै केही भएन। आ-आफ्नै ढंगले कसैले जवाफ दिनुभयो, कसैले दिनु भएन।’

आफूले भने स्पष्टीकरणको जवाफ दिइसकेको भट्टले बताए। ओलीले संविधान र कानुन मिच्ने र आफूहरुलाई पार्टी विधान मिचेको स्पष्टीकरण सोध्नु जायज नभएको भट्टले जिकिर गरे।

ओलीले घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण साेधेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ