संसद विघटनका सबै मुद्दा ''संवैधानिक इजलासमा'' पठाउन आदेश

2021-05-27

काठमाडाैं - सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धी सबै मुद्दा संवैधानिक इजलासबाट सुनुवाइ गर्ने भएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले यस्तो आदेश गरेको हो।

शुक्रबार यसै सम्बन्धी अन्य रिट निवेदन संवैधानिक इजलासमा रहेकाले सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने भन्दै प्रधानन्यायाधीशको इजलासले संवैधानिक इजलासमा पठाएको हो।

बिहीबार सुनुवाइका क्रममा कानुन व्यसयाीहरूले संवैधानिक इजलास नभइ बृहत् पूर्ण इजलास गठन गरिनुपर्ने माग गरेका थिए।

उनीहरूले संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि ११ जनाभन्दा धेरै न्यायाधीशको बृहत् पूर्ण इजलास गठन गरिनुपर्ने माग गरेका हुन्।

गत पुस ५ गते संसद् विघटन भएपछि सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइका क्रममा समेत बृहत् पूर्ण इजलास गठनको माग उठेको थियो।

बिहीबार बहसका क्रममा अधिवक्ता लोकेन्द्र ओलीले फेरि प्रतिनिधिसभा विघटन हुँदा गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भएकाले बृहत् संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन मुद्दा हेर्नुपर्ने माग गरे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ