सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

2021-05-24

काठमाडौं - नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। सोमबार बसेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एकजना स्थायी कमिटी सदस्यले जानकारी दिए।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्ने भएको छ।

सुदूरपश्चिम प्रदेश सभामा एमालेको उपस्थिति बलियो छ। ५३ प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा एमालेबाट २५ सांसद छन्।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका १४ सांसद छन्। मुख्यमन्त्री त्रिलोचन भट्टलाई सत्ता टिकाउन थप १३ सांसदको समर्थन आवश्यक पर्दछ।

आवश्यक बहुमत संख्या २७ पुर्‍याउन एमालेलाई २ जना सांसद मात्रै भए पुग्छ।

एमालेले सरकार बनाउने अवस्था रह्यो भने माओवादी प्रमुख प्रतिपक्ष दल बन्छ। सुदूपश्चिममा कांग्रेसका १२ र जसपाका २ सांसद छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ