संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सोमवार सर्वोच्च जाने

2021-05-23

काठमाडाैं - विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन् । सर्वोच्च अदालतमा ३ बजेसम्ममा रिट दर्ता गर्नुपर्ने भए पनि आज नभ्याइएकोले भोलिमात्र रिट दर्ता गरिने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।

रिट दायर गर्नका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह तथा राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्षर संकलन गरिएको थियो। सांसदहरुलाई हस्ताक्षरका लागि अदालती 'फर्म्याट' उपलब्ध गराइएको थियो।

कांग्रेस सांसद डिला संग्रौलाले संविधानको ७६ (५) अनुसार प्रधानमन्त्रीको दाबी गर्ने व्यक्तिको समर्थन दलको आधारमा नभई वैयक्तिक अधिकार भएकाले व्यक्ति/व्यक्तिको प्रमाणहरु पेस गर्न लागिएको जानकारी दिइन्।

शुक्रबार १४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गरेका थिए। प्रधानमन्त्री केपी ओली पक्षबाट अर्को दाबी पनि आएकाले दुवैलाई राष्ट्रपतिले अस्वीकृत गर्दै निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

शनिबार पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रतितिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध १४९ जना सांसदलाई लिएर सर्वोच्च अदालत जाने निर्णय गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ