राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी

2021-05-23

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार 'नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश २०७८' जारी गरेको हुन्।

'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ', राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जन्मसिद्ध आधारमा नेपाली नागरिकता प्राप्त गरेकाहरुको सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रावधानसहितको अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

नागरिकतासम्बन्धी व्यवस्थामा संशोधन गरी अध्यादेश ल्याइएको थियो। जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने अन्तरिम संविधानमा व्यवस्था थियो।

वर्तमान संविधानमा निर्माण गर्दा उक्त व्यवस्था हटाइएको थियो। मधेश केन्द्रित दलले नागरिकताको व्यवस्था सम्बन्धी अहिलेको प्रावधानको विरोध गर्दै आएका थिए। नागरिकताको सन्दर्भमा अन्तरिम संविधान, २०६३ सालकै प्रावधान कायम राख्नुपर्ने उनीहरुको जोड थियो। जसपाको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश ल्याउन तयार भएका हुन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ