विराट मेडिकल कलेजमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट

2021-05-18

विराटनगर - विराटनगरस्थित विराट मेडिकल कलेज टिचिंग हस्पिटलमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। सोमबार राति करिब ७ बजे एक बिरामीका आफन्तले डाक्टर, चिकित्सक, सुरक्षाकर्मीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिएका छन् ।

राति बूढीगंगा गाउँपालिका-२ की गोमादेवी श्रेष्ठ अस्पतालमा भर्ना भएकी थिइन्। उनी सुगर प्रेसरकी बिरामी भएको डिएसपी राईले बताए।

उनको उपचारमा स्वास्थ्यकर्मीहरूले हेलचक्र्याइँ गरेको भन्दै कुटपिट गरेको राईले बताए।

'बिरामीलाई उपचार गराउन ल्याउँदा चिकित्सकहरूले हेलचक्र्याइँ गरेको भनेर कुटपिट भएको देखिन्छ,' डिएसपी राईले भने।

प्रहरीले कुटपिट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा अनिष श्रेष्ठ र निशल श्रेष्ठ छन्।

उनीहरू बिरामीका नातीहरू हुन्। चिकित्सकहरू घाइते नभएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ