घुस प्रकरणमा ममता बनर्जी सरकारका दुई मन्त्रीसहित चार नेता जेल चलान

2021-05-18

भारत - भारतको पश्चिम बंगालमा नारदा स्टिङ प्रकरणमा ममता बनर्जी सरकारका दुई मन्त्रीसहित चार नेतालाई सोमबार राति कोलकतास्थित जेल पठाइएको छ।

सीबीआईले सोमबार मन्त्री सुब्रत मुखर्जी र फिरहाद हकीम, टीएमसी विधायन मदन मित्रा र पार्टीका पूर्व नेता शोभन चटर्जीलाई गिरफ्तार गरेको थियो।

सीबीआईले यी नेताहरुलाई सोधपुछका लागि कोलकतामा निजाम प्यालेलस्थित आफ्नो कार्यालय लिएर गएको थियो पछि उनीहरुलाई त्यहीबाट पक्राउ गरिएको थियो।

सोमबार राति सीबीआईको विशेष अदालतले चार नेताहरुलाई अन्तरिक जमानत दिएको थियो तर रातमा नै कोलकत्ता हाई कोर्टले यस फैसलालाई रोक दिएको थियो।

हाई कोर्टको डिभिजन बेन्चले विशेष अदालतको फैसला स्थगन आदेश जारी गर्दै अभियुक्तलाई आगामी आदेशसम्म न्यायीक हिरासतमा पठाउन आदेश दिएको थियो।

आफ्नो क्याबिनेटका मन्त्रीसहित पार्टीका नेताहरु पक्राउ परेलगत्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी सीबीआई कार्यालय पुगेकी थिइन्।

सन् २०१६ को विधानसभा चुनाव अगाडि नारदा न्युजका तर्फबाट स्टिङ अपरेशनको भनिएको एउटा भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियोमा तृणमूल कांग्रेसका नेता, पश्चिम बंगाल सरकारका मन्त्री र विधायक जस्तै देखिने व्यक्तिहरुले एक काल्पनिक कम्पनीका प्रतिनिधिसँग घुस लिँदै गरेको देखिएको थियो।

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जी र उनको दल टीएमसीले भने उक्त भिडियोलाई राजनीतिक प्रोपोगाण्डा भन्दै आएको छ। पश्चिम बंगालको सत्ताधारी दल तृणमूल कांग्रेस (टीएमसी)ले नेताहरुको गिरफ्तारीलाई गैरकानूनी भनेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ