७ हजार ३६८ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु

2021-05-16

काठमाडौं - नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा आइतबार थप ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १९ हजार ५ सय ३९ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभर ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए। एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थपिने संक्रमितमा काठमाडौं उपत्यकामा मात्रै दुई हजार ६०९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ