अब अक्सिजनको अभाव हुँदैन : सरकार

2021-05-16

काठमाडौं - सरकारले कोरोना भाइरसको संक्रमितको उपचारका लागि अब अक्सिजनको अभाव नहुने जनाएको छ। अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति बढेकाले अब अक्सिजनको अभाव नहुने देखिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए।

आइतबार सिंहदरबारमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकपछि सञ्चारकर्मीसँग बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले अत्यावश्यकीय सामग्रीहरु अक्सिजन, खोप लगायतको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई तदारुकताका साथ काम गर्न निर्देशन दिइएको पनि बताए।

‘सिलिण्डरहरुको अभाव थियो, समाधान गर्दै लगिरहेका छौं, चीनबाट, ओमानबाट, सिलिण्डर मगाइएका छन्, तिनीहरु थपिन्छन्, निजी क्षेत्रले ल्याएका सिलिण्डर समेतले गर्दा अब चाहिँ अक्सिजनको त्यति ठूलो समस्या हुँदैन भन्ने हामीलाई लागेको छ,’ बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ