प्रधानमन्त्रीको सपथ साढे दुई बजे, केही मन्त्रीले पनि सपथ लिने

2021-05-14

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पद तथा गोपनियताको सपथ लिँदै छन्। तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे सपथ लिने कार्यक्रम रहेको नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। आजै पहिलो चरणको मन्त्रिपरिषद्समेत विस्तार हुने उनको भनाइ छ।

साढे २ बजेका लागि शपथको तयारी गरिएको शिलतनिवास स्रोतले जनाएको छ। केही मन्त्रीहरुले पनि शपथ लिन सक्ने भएपनि सूची भने प्राप्त नभएको स्रोतको भनाइ छ।

प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा बिहीबार पुनः केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

राष्ट्रपतिले दिएको समयसीमा भित्र नेपालको संविधानको धारा ७६ (२) बमोजिम विपक्षीले बहुमतसिद्ध गर्न नसकेपछि ठूलो दलको नेताका रुपमा पुनः ओली नै प्रधानमन्त्री बनेका हुन्।

राष्ट्रपतिले बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरेकी थिइन्।

संविधानको धारा ७६ को (३) बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ