देशभरका ७३ जिल्लामा निषेधाज्ञा

2021-05-14

काठमाडौं - देशका ७३ जिल्लामा निषेधाज्ञा लगाइएको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

कोरोना (कोभिड–१९) संक्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको हो।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत गृह मन्त्रालयले निर्देशन दिएको छ।

केही जिल्लामा पूर्ण निषेधाज्ञा लगाइएको छ भने केहीमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा नै कोरोना सङ्क्रमण नियन्त्रणको महत्त्वपूर्ण विकल्प भएकाले मन्त्रालयले जनाएको छ।

यसअघि गृह मन्त्रालयले काठमाडौँ उपत्यकालगायत तराईका जिल्लामा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ