संसदबाट राजीनामा दिएर भएपनि ओलीलाई रोक्नुपर्छ : भीम रावल

2021-05-12

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूहरुले सांसद पदबाट राजीनामा दिएर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्नुपर्ने बताएका छन्। बुधबार ट्विटमार्फत् आफ्ना धारणा राख्दै उनले अहिलेको मुख्य आवश्यकता प्रधानमन्त्री ओलीलाई रोक्नु रहेको बताएका हुन्।

उनी भन्छन्, 'थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।' उनले असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने उल्लेख गरेका छन्।

त्यसका लागि आफू (नेपाल पक्ष)ले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्ने उनको भनाइ छ। उक्त निर्णय राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित हुने उनको भनाइ छ।

नेपाल पक्षीय स्थायी कमिटीले वैशाख २४ मै परिआउँदा राजिनामा गर्ने निर्णय गरेको थियो। प्रत्यक्ष निर्वाचित २० जना सांसदले राजिनामा गरेर ओली विकल्पको सरकार बनाउन सघाउनुपर्ने निर्णय भएको थियो। वरिष्ठ नेता माधव नेपालसहित रावल यसमा तयार रहेपनि केही सांसदको दोहोरो भूमिकाका कारण कार्यान्वयनमा ल्याउन मुश्किल परिरहेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ