नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख नाघ्यो, बुधवार १६८ जनाको मृत्यु

2021-05-12

काठमाडौं - नेपालमा थप ९ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बुधबार थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा देशभर २० हजार ३६२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले जानकारी दिए।

योसंगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानमा थप १६८ जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२५२ पुगेको मन्त्रालयले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ