प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त, पक्षमा जम्मा ९३ मत

2021-05-10

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका छन्। योसंगै उनि पदमुक्त भएका छन् ।

सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेश गरेको प्रस्ताव असफल भएपछी ओली नेतृत्वको सरकार ढलेको हो ।

मतदानमा २३२ सांसद सहभागी थिए। प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो ।

तर ओलीले जम्मा ९३ मत पाए भने प्रस्तावको विपक्षमा १२४ मत पर्यो ।

प्रस्तावको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले मत दिएका थिए।

पक्ष र विपक्षमा मत दिन्नँ भन्नेमा‍‍ १५ मत परेको छ। जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले यसमा मतदान गरेका थिए।

एमालेको माधवकुमार नेपाल पक्ष बैठकमा अनुपस्थित थिए। प्रस्ताव असफल भएसँगै प्रधानमन्त्री पदमुक्त हुने भएका छन्।

उनले सम्भवतः आजै राष्ट्रपतिसमक्ष राजीनामा दिनेछन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ