नर्सरी खेतीबाट आत्मर्भिर बन्दै मोरङ पथरीकी राजकुमारी राई

2017-10-18

मिहिनेत र परिश्रम गरे स्वदेशमै केही गर्न सकिन्छ । सानो लगानीवाटै मनग्ये आम्दानी पनि गर्न सकिन्छ । यसको ज्वालन्त उदाहारण बनेकी छिन् पुर्वी मोरङको पथरी शनिश्चरे नगरपालिकाकी राजकुमारी राई । हिजो अर्काकोमा गएर श्रम गर्नुपर्ने बाध्यता रहेको उनको दैनिकी अहिले फेरिएको मात्र छैन लोभलाग्दो समेत बनेको छ । उनले शुरु गरेको नर्सरी खेती उनको प्रगतिको कारण बनेको हो ।

यो क्षितिज नर्सरी मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडानं. १ मा रहेको छ । यो नर्सरीमा दैनिक तीनजनाले रोजगारी गर्ने गर्दछन् । यही नर्सरीमा दैनिक विरुवा रेखदेख गर्दै गरेको अवस्थामा भेटिन्छिन्–राजकुमारी राई । हिजो अर्काकोमा रोजगारी गर्नु जानुपर्ने बाध्यता र घाम पानी नभनी काममा घोटिनुपर्ने अवस्था थियो–राजकुमारीलाई । तर आज भोलि उनी आफनै नर्सरीमा खट्छिन् । उनले पथरीमा मात्रै दुई ठाउँमा भाडामा जग्गा लिएर नर्सरी संचालन गर्दै आएकी छिन् । पथरीको देवी गन्जमा डेढकठ्ठा र सिनेमा हल नजिकै पौने दुई कठ्ठा जग्गा भाडामा लिएर नर्सरी संचालन गर्दै आएकी उनको नर्सरीमा घरका ३ जना र अन्य दुई जना गरी पाच जनाले दैनिक रोजगारी पाएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ